Logo

अर्थ

कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिकबीच छुट सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उदेश्यले स्थापित उक्त पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १७:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।