Logo

अर्थ

सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको १ लाख ३७ हजार २०० मै कारोबार भएको थियो भने तेजाबी सुन तोलाको १ लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ११:१६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।