Logo

प्रमुख समाचार

गर्मीले निम्त्याउने समस्याहरुबाट यसरी बचौं



काठमाडौं । अहिले देशका धेरै ठाउँहरुमा गर्मी बढेको छ । गर्मी बढेसँगै हम्रो शरीरलाई पनि गर्मी महसुस भइरहेको हुन्छ । सामान्यतया गर्मीको समयमा तिर्खा धेरै लाग्नु, पसिना आउनु थकान, निन्द्रा लाग्नुजस्ता परिवर्तन प्रायःमा देखिने नै गर्छन् ।

विषेश गरी जति तापक्रम बढ्दै जान्छ, त्यति त्यति शरीरभित्र फरक लक्षणहरु देखा जान्छ । त्यसमा पिडौंला फर्किने, बाउँडिने रिंगटा लाग्ने, प्यास धेरै लाग्ने, बेहोस हुने समस्या देखिने हुन्छन् । त्यो अवस्थामा हामीले आफूलाई गर्मीबाट जोगाएनौं भने पसिना धेरै निस्किएर शरीरभित्र पानीको मात्रा कम हुन्छ । पसिना धेरै गयो भने डिहाइड्रेटेट भएर किड्नीले काम नर्गर्ने, कलेजो फेलियर हुनेजस्ता जटिल समस्याहरु देखिन सक्छन् ।

गर्मीको लहरसँगै उच्च तापक्रमले निम्त्याउने समस्याहरु के–के हुन् त ?

– गर्मीको उच्च तापक्रम जसले गर्मी स्ट्रोक र निर्जलीकरण निम्त्याउन सक्छ ।
– ‘सनबर्न’ जसले छालाको क्यान्सरको जोखिम बढाउन सक्छ ।
– कीटहरूः गर्मीमा लामखुट्टे, झिंगा र कमिलाहरूजस्ता कीराहरू देखिन्छन्, जसले सम्भावित स्वास्थ्य जोखिमहरू निम्त्याउँछ ।
– एलर्जीः गर्मीमा तापक्रम उच्च हुन्छ, जसले संवेदनशील व्यक्तिहरूमा एलर्जीको समस्या देखापर्न सक्छ ।

समस्याहरुबाट बच्न के गर्ने?

– तातो थकान र निर्जलीकरणबाट बच्न प्रशस्त पानी पिएर ‘हाइड्रेटेड’ हुनुपर्छ ।
– ‘सनबर्न’बाट बच्न उच्च ‘एसपीएफ सनस्क्रिन (घाममा भएका बिकिरणबाट बचाउने क्रिम)’ प्रयोग गर्नुपर्छ ।
– कीराको टोकाइबाट बच्नः कीराबाट छुटकारा दिने औषधी प्रयोग गर्नुपर्छ ।
– एलर्जीबाट बच्न स्वास्थ्यकर्मीद्वारा निर्देशित ‘ओभर दी काउन्टर’ वा ‘प्रिस्क्रिप्शन’ औषधिहरू प्रयोग गर्नुपर्छ ।

गर्मी मौसममा खनाबाट हुन सक्ने रोगहरुको पनि जोखिम हुने भएकाले हामीले खानेकुरामा पनि त्यति नै ध्यान दिन आवश्यक छ । बिग्रने खानेकुरालाई फ्रिजमा वा कूलरमा आइस प्याकसहित बाहिर राख्नुपर्छ । खानालाई लामो समयसम्म बाहिर छोड्नु हुँदैन । सुरक्षित र आरामदायी गर्मी मौसमको मजा लिन सधैं सुरक्षालाई प्राथमिकता दिन र आवश्यक सावधानीहरू लिन बिर्सनु हुँदैन ।

– फिजिसियन डा. रोशनकुमार झासँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामाग्री

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १५:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।