Logo

राजनीति

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी



बुटवल । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । १०औं अधिवेशनबाट दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारी विजयी भएको हुन् ।

अधिकारी १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् । अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लीला गिरी तथा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको साथ थियो ।

त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए ।

सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन ल्याएको निर्वाचन समितिले जनाएको छ ।

अर्को उपसचिवमा सङ्गीता थारु १८८ मतका साथ विजयी भइन् । थारुका प्रतिस्पर्धी मन्जुर शर्माले १५० मत मात्र ल्याइन् ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए । बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लीला गिरीले १०५ सदस्यीय जिल्ला कमिटी बन्ने बताए ।

 

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १३:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।