Logo

इन्स्योरेन्स

सूर्यज्योति लाइफको १६औं साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश पारित



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १६औं वार्षिक साधारण सभा सम्पन भएको छ । कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि समेत) गरि ३५ प्रतिशत लाभांश पारित गरेको हो ।

सभामा गत आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को २०७९ पौष ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गरेको छ ।

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

सभाले चालु आवका लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  ११ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।