Logo

लोकसेवा

नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौँ महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  १ : ५९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।