Logo

अर्थ

राजस्व अनुसन्धान महानिर्देशकमा चक्र बुढा, नवराज ढुंगानाको सरुवा



काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । विभागको नेतृत्वमा लामो समयदेखि ढुंगाना थिए ।

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।

ढुंगानाले विभागको नेतृत्वमा रहेर सुन तस्करीको जालो तोडेर वाहीवाही कमाएका थिए । यसपछि अमेरिकी प्रविधि कम्पनी कोटिभिटीको करछली मुद्दा दायर गरेपछि भने ढुंगानाको विरोध भएको थियो ।

कोटिभिटीविरुद्ध मुद्दा दायर गरेपछि नै ढुंगानाको सरुवा हुने बताइएको थियो । ढुंगाना विभागबाट सुरुवा भएर भारतस्थित महावाणिज्य दूतावासमा जाने बताइएको छ ।

महानिर्देशकका रुपमा विभाग आएका बुढा यसअघि भन्सार विभागको महानिर्देशकका रुपमा समेत कार्यरत थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १४:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।