Logo

प्रमुख समाचार

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- ८४ मा ६० लाख भोट ल्याउने योजना लिएर आउँछु !



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताए । उनले एमालेमा फर्कन अध्यक्ष केपी शर्मा ओलीकाे बाेली ७-८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँदै नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफूलाई घाटा लागेको समेत बताए ।

आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै गाैतमले आफूले नेकपा नफुटाएको जिकिर गरे ।  नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउनु भनेकाे तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउन आउने हाे ।’

सोही कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १६:४८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।