Logo

प्रमुख समाचार

जसपा फुटाउन मेरो भूमिका छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।

सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष दलका प्रमुख नेताहरुको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जसपा फुटाउन आफ्नो भूमिका नभएको बताउँदै देशमा प्रचण्ड बाहेक अरु कसलाई देख्छन् भन्ने टिप्पणी गरेका थिए । अशोक राई नेतृत्वमा जसपा नेपालबाट ७ सांसद मिलेर जसपा गठन भएपछि सत्ता जोगाउन प्रधानमन्त्रीले फुटाएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।