Logo

अर्थ

सुनचाँदीकाे मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ११:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।