Logo

प्रमुख समाचार

किन खस्छ पाठेघर ? कसरी जोगाउने ?



काठमाडाैं । महिलाहरुलाई हुने समस्यहरुमा पाठेघर सम्बन्धी समस्या पढ्दो छ । विशेषगरी पाठेघरमा आउने समस्याहरुमा मुखको क्यान्सर, पाठेघरको डिम्बासयमा मासुको डल्लो पलाउने र पाठेघर खस्ने समस्याहरुले जटिल रुप लिइरहेको पाइन्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिएनमा २०२० जनवरी २२ मा प्रकाशि रिपोर्ट अनुसार नेपालको पश्चिम पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा पाठेघरको समस्याहरु देखाइएको छ । जसमा नेपालको कास्की जिल्लामा १८ देखि ६० बर्ष उमेर समूहका चार सय ४८ महिलाहरुमा पाठेघर झर्ने १७० ‘केस’ र २७८ ‘केस’हरु नियन्त्रण गर्न सकिएको बताएको छ ।

अहिले पनि हाम्रो देशका कतिपय बिकट ठाउँहरुमा घरमै सुत्केरी गराइन्छ । गाउँमा सुत्केरी गराउँदा नर्स, डक्टरको सट्टा गाउँकै महिलाले हेरचाह गर्ने चलन छ । यसरी सुत्केरी गराउन सहयोग गर्ने गाउँकै महिला सहयोगीलाई ‘आया’ पनि भनिन्छ । यसरी आयाबाट सुत्केरी गराउँदा सुत्केरी महिलाको स्वास्थ्यमै कुनै समस्या आएमा तत्काल उपचार गर्न असम्भव हुन्छ । जसका कारण सुत्केरी अवस्थामा स्वाथ्य सम्बन्धी समस्याहरु सुरु हुने सम्भावना अत्याधिक हुन्छ । यस्तै एक समस्याको रुपमा पाठेघर खस्ने जोखिम पनि रहेको छ ।

सुत्केरी गराउँदा चाहिने ज्ञान नभएका कारण आयाको सहयोगमा सुत्केरी भएका धेरैको ज्यान समेत गएको छ । स्वास्थ्य सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुको सहयोगमा सुत्केरी गराउँदा सुत्केरीको भजाइना च्यातिएको हुन्छ । यदी अस्पताल नगएर सुत्केरी भएपश्चात घरमै बस्दा त्यहाँ घाउ हुने सम्भावना धेरै हुन्छ । त्यसैले अस्पतालमा सुत्केरी गराउनु कम जोखिमपूर्ण हुन्छ । सुत्केरी भएको केही समयमै भारी काम गर्दा पाठेघर खस्ने सम्भावना बढी हुन्छ ।

महिलाहरूलाई हुने समस्यामध्ये पाठेघर खस्नु एक प्रमुख समस्या हो । यसलाई अंग्रेजीमा ‘युटेरो भजाइनल प्रोल्याप्स’ भनिन्छ । पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । विभिन्न कारणहरुले पाठेघर अड्याउने तन्तु कमजोर भई पाठेघर आफ्नो ठाउँ छोडी तलतिर झोलिन्छ भने यसलाई नै पाठेघर खस्नु भनिन्छ ।

कस्तो अवस्थामा पाठेघर खस्छ त ?

पाठेघरको मुख पुरै खुल्नुभन्दा अगाडि नै कतिपय महिलाहरुले बच्चा तल खसाल्न बल गर्छन् त्यस्तो बेलामा समय नपुगी बच्चा जन्माइयो भने पाठेघर खस्ने सम्भावना हुन्छ । कुनै बेला पाठेघर खुलेको धेरै समय भइसक्दा पनि बच्चा ‘डेलिभरी’ नभएको खण्डमा पनि पाठेघर खस्न सक्छ ।
बच्चा निस्किसकेपछि पनि साल निकाल्ने बेलामा यूट्रोसमा सपोर्ट नदिएर तान्यौं भने पाठेघर त्यही बेलामा खस्ने सम्भावना पनि रहन्छ । त्यसका साथैः बच्चा समयभन्दा पहिले नै डेलिभर भयो भने पनि पाठेघरमा समस्या आउँछ । बच्चा निस्किने बेला भजाइना च्यातियो र च्यातिएको ठाउँमा राम्रोसँग सिलाइएन भने पनि पाठेघर खस्ने समस्या हुन्छ । मोटोपन बढ्यो भने पनि पाठेघर खस्ने सम्भावना रहन्छ।

बच्चा पाइसकेपछि महिलाहरुमा हर्मोनहरुले गर्दा कमजोरी भइरहेको हुन्छ । यस्तो बेलामा राम्रो खानपान नभएमा ‘मसल्स’हरु कमजोर हुने हुन्छन् र पाठेघर खस्ने सम्भावना रहन्छ ।

बच्चा पाउने बित्तिकै भारी कामहरु गर्न थाल्यो भने पनि पाठेघर खस्ने सम्भावना रहन्छ । बर्सेनी बच्चाहरु पाइराख्यो भने पनि पाठेघर खस्ने समस्या हुन्छ । त्यसबाहेक महिनावारी सुकिसकेपछि मसल्स र टिस्युहरु पनि सबै कल्याजोनहरु घटिसकेको हुन्छ जसले गर्दा लिगामेन्टहरु लुज भइरहेको हुन्छ र त्यो बेला पाठेघर खस्ने समस्या हुन जान्छ ।

यदी कोही महिलाको जन्मजात नै पाठेघरलाई सपोर्ट गर्ने मसल्स, लिगामेन्ट कमजोर भएको छ भने त्यस्तो केसमा पहिलो बच्चा पाउँदादेखि नै पाठेघर खस्ने समस्या हुन्छ । त्यस्ता महिलाहरुलाई पहिलेदेखि नसा सम्बन्धी समस्याहरु भइरहेको हुन्छ ।

पाठेघर कतिवटा तरिकाले खस्ने हुन्छ त ?

चिकित्सकीय भाषमा तीनवटा तरिकाले पाठेघर खस्ने गर्छ । पहिलो डिग्री, दोस्रो डिग्री र तेस्रो डिग्री ।
पहिलो डिग्रीमा पाठेघर खसेर भजाइनामा आउँछ, दोस्रो डिग्रीमां भजाइनाभन्दा बाहिर आएको हुन्छ । र तेस्रो डिग्रीमा पुरै पाठेघर नै बाहिर आएको हुन्छ । कहिलेकही पाठेघरसँग पिसाबको थैली पनि खस्ने हुन्छ, जसलाई स्टोसिल र ट्याक्रोसिल भनिन्छ ।

पाठेघरमा के कस्ता लक्षणहरु देखिन्छन् त ?

  • पहिलो पटक हिँड्दाखेरी केही चिज यौनीमा आएको महसुस हुन्छ । यो पहिलोपटक पाठेघरमा समस्या हुँदा महसूस हुन्छ ।
    योनिमार्ग वा योनिमुख चिलाउँछ ।
  • छिनछिनमा पिसाब लाग्ने अथवा पिसाब पोल्ने हुन्छ ।
  • महिनावारी गडबडी हुन्छ ।
  • योनीबाट सेतो बाक्लो अथवा अन्य रङको पदार्थ निस्कन्छ ।
  • तल्लो पेट दुख्नु तल्लो ढाड दुख्नु पनि पाठेघरमा देखिएको समस्या हो ।
  • बसेर काम गर्दा योनिद्वारबाट केही कुरो निस्किन लागेजस्तो गरी अप्ठ्यारो हुनु पनि पाठेघरमा समस्या हुनु हो ।
  • विस्तारै यौन चाहना नै कम हुनु पनि पाठेघरमा समस्या आएको संकेत हो ।

पाठेघर जोगाउँन कसरी सावधानी अपनाउने ?

पाठेघर खस्ने समस्याको रोकथामको लागि किशोर अवस्थादेखि नै ध्यान दिनु पर्ने हुन्छ । किशोरीहरुको खानपानमा विशेष ध्यान दिनुपर्छ । उनीहरुलाई पोषिलो खाना खुवाउनुपर्छ । महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ । २० वर्षको उमेरपछि मात्र बच्चा जन्माउनुपर्छ भने परिवार नियोजनको साधन अपनाइ कम्तिमा ३ वर्षको जन्मान्तरमा मात्र दोस्रो बच्चा जन्माउपर्छ ।

गर्भवती हुँदा कम्तिमा ४ पटक र सुत्केरी अवस्थामा कम्तिमा ३ पटक स्वास्थ्य जाँच गराउनुपर्छ । स्वास्थ्य संस्थामा दक्ष प्रसुतिकर्मीबाट मात्रै प्रसुती गराई गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्नुपर्छ । सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने, गह्रौ भारी नबोक्ने गर्नुपर्छ । घरमा आरामको व्यवस्था गर्नुका साथै पानी प्रशस्त पिउन दिनुपर्छ । खानपानमा ध्यान दिनुपर्छ । साथै सुत्केरीपछिको केही महिना पछि सहज खालको व्यायमहरु गर्न लगाउनुपर्छ ।

प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार  ५ : ४८ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।