काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३८.७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १९ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १०२.८३ प्रतिशतले बढी हो ।
कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस्तै कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ती कोषमा ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया