Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब १२ करोडकाे कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १५:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।