Logo

अटो

कसिलो नीतिले अटो व्यवसाय धरासायी हुँदैछ : नाडा अध्यक्ष चौधरी



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धरासायी हुँदै गएको बताएका छन् ।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै अध्यक्ष चौधरीले अहिलेको अवस्था रहे अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरे ।

नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख गरे । सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको दाबी गरे । चोरीबाट पार्टपूर्जाहरू आएका कारण अटो कारोबार कम हुँदै गएको बताए ।

उनले अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भएको बताए । तर पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ६ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।