Logo

अर्थ

९३ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा



काठमाडौं । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर पश्चात् बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको भन्दा ९२.९४ प्रतिशत बढी हो ।

यसअवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी बढेर १४२.७२ १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ शीर्षकमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

समिक्षाअवधिमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०३ पैसाले बढेर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १२:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।