Logo

अर्थ

६.१६ प्रतिशतले घट्यो नेशनल लघुवित्तको नाफा



काठमाडौं । नेसनल लघुवित्तको खुद नाफा ६.१६ प्रतिशतले घटेर १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा यसको खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष १ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६ करोड ६७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी भने ३१.०७ प्रतिशतले बढेर ५९ करोड २३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३८ पैसाले घटेर २१ रुपैयाँ ८२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १४:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।