Logo

कर्पोरेट फोकस

राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?



नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार आज वैशाख २६ गतेदेखि लागु हुने गरि ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।

स्रोतका अनुसार बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन् ।

यसैगरी, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा आएका छन् ।

त्यसैगरी, लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा आएका छन् भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा भएका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०८१ शनिबार  ९ : ३० बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।