Logo

धर्म / संस्कृति

आजबाट रातो मछिन्द्रनाथको रथयात्रा सुरू



काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार २०:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।