Logo

इन्स्योरेन्स

नेपाल लाईफ इन्स्योरेन्सको नाफा बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा २२.२१ प्रतिशतले धेरै हो

कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो । यो गत वर्षको भन्दा ८.५० प्रतिशतले धेरै हो ।

कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले ९ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो गत वर्षको भन्दा ९.६५ प्रतिशतले धेरै हो । कम्पनीको कुल दावी भुक्तानी १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड रुपैयाँमा झरेको छ । गत वर्ष ११ अर्ब ९६ करोड रहेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा २ अर्ब २९ करोड रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार ०८:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।