Logo

अर्थ

एसियन लाइफ इन्स्योरेन्सको नाफा २५४.९२ प्रतिशत बढ्यो



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिको १९ करोड ४७ लाख रुपैयाँको तुलनामा २५४.९२ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ८.२९% ले बढेर २ अर्ब ३२ करोडबाट २ अर्ब ५२ करोड पुगेको छ ।

हाल एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख छ । प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८१ आईतबार  १ : ४१ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।