Logo

प्रमुख समाचार

शेखर कोइराला र गगन थापाबीच भेटघाट, के भयो कुराकानी ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज बिहान कोइरालाको सचिवालय बिशालनगरमा भेटघाट भएको छ । नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट हो ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।

भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।