Logo

इन्स्योरेन्स

युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४६.०६ प्रतिशतले वृद्धि



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास्को वित्तीय विवरण सर्वजनिक गरेको छ ।

जसअनुसार २७ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको १८ करोड ७७ लाख रुपैयाँको तुलनामा ४६.०६ प्रतिशतले धेरै हो ।

यसअवधिमा खुद बीमा शुल्क आम्दानी ८१.५७ प्रतिशतले बढेर ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी ७४.८६ प्रतिशतले बढेर २५ करोड ६८ लाख रुपैयाँमा पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ५४ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९.२० रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ २०३.७८ रुपैयाँ छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ८ : ०७ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।