Logo

अर्थ

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन



काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।

इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८१ सोमबार  ३ : ११ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।