Logo

प्रमुख समाचार

मधुमेहका भएकाहरुले के खाने, के नखाने?



काठमाडाैं । हामीलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरुमध्ये प्रमुख कारण हामीले खाने खाना नै हो । खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन । त्यसैले हामीले खाने खानपाललाई बिशेष ध्यान दिन आवश्यक छ ।

त्यसैगरी रोग लागिसकेका बिरामीले खानपानमा ध्यान नदिने हो भने रोगले जटिल रुप लिन्छ । रोग लागिसकेका मानिसहरुले खानपानमा कस्तो ध्यान दिन आवश्यक छ भन्ने विषय रोग अनुसार फरक हुन्छ । आजको विष्यबस्तुमा डायबेटिज अर्थात मधुमेह भएका मानिसले कस्तो खाना खानेबारे पोषणविद्को सुझावहरू प्रस्तुत गर्दैछौं ।

मधुमेहका भएकाहरूले के खाने त ?

  • तरकारीहरूमा सबै थरिका हरियो तरकारी र सागपात खान मिल्छ । जस्तैः पालक, गाजर, ब्रोकाउली र हरियो सिमी आदी ।
  •  अन्नमा सबै किसिमका खस्रा अन्न र खस्रो खालको चोक्कर भएको पिठोको प्रयोग गर्न मिल्छ ।
  • लीन प्रोटिनमाः छालाविहीन कुखुरा, माछा, सिमी, दाल खान मिल्छ ।
  •  फलफूलहरूमा सबै थरीका फलफुल खान मिल्छ तर जुर नखाएनु नै उपयूक्क्त हुन्छ ।
  •  फाइबरयुक्त खानेकुराहरूमाः सिमी, गेडागुडी, फलफूल, तरकारी र सम्पूर्ण अन्न खान मिल्छ ।

मधुमेह भएकाहरुले कस्ता खालका खानेकुराहरूलाई बेवास्ता गर्ने ?

  •  चिनीयुक्त पेय पदार्थहरू जस्तैः बजारमा प्रशोधन गरिएको फलफूलको जुस, मीठो कफी वा चियालाई बेवास्ता गर्ने ।
  • मिठाईहरूमा चिनीको मात्रा उच्च हुन्छ । क्यान्डी, केकलगायतका मिठाईहरूलाइ बेवास्ता गर्नुपर्छ ।
  •  फ्राइड फूडहररूमा फ्राइड चिकन, फ्रेन्च फ्राइज, र आलु चिप्सजस्ता उच्च फ्याटयुक्त खानाहरूले वजन बढाउन सक्छ र रगतमा चिनीको स्तरलाई असर गर्न सक्छ । त्यसैले यस्ता खानेकुरालाइ बेवास्ता गर्नुपर्छ ।
  •  पूर्ण फ्याट भएका डेरी उत्पादनहरू दूध, चीज, र आइसक्रिमजस्ता उत्पादनहरूले हृदय रोगको जोखिम निम्त्याउने हुँदा यस्ता उत्पादन नखानु नै उपयुक्क्त हुन्छ ।
  •  मासुको बोसो नखाने । उच्च बोसो भएको मासुले कोलेस्ट्रोल स्तर बढाउन सक्छ । त्यसैले यसलाई बेवास्ता गर्ने ।
  •  ट्रान्स फ्याटः प्रशोधित स्न्याक्स, बेक्ड सामान र मार्जारिनमा पाइने ट्रान्स फ्याटले हृदय रोगको जोखिम बढाउन सक्छ । यसलाई बेवास्ता गर्ने ।
  •  अत्यधिक रक्सी पिउनु हुँदैन । यसले रगतमा चिनीको मात्रामा उतारचढाव आउन सक्छ र मधुमेहका औषधिहरू प्रयोग गर्दा पनि जोखिम निमत्याउन सक्छ । यसलाई बेवास्ता गर्नु नै उपयुक्त हुन्छ ।

महधुमेहका बिरामीले बिहान उठेको एक घण्टा भित्र ब्रेकफास्ट खानुपर्ने हुन्छ । जसमा सातु, फापर खाँदा हुन्छ । मधुमेहका बिरामीले आफ्नो तौलको उचित व्यवस्थापन गर्नुपर्छ । आफ्नो शरीरको तौल र आफूले गर्ने काम अनुसारको खान मिल्ने र आवश्यकताअनुसार खाना खानुपर्छ । साथै प्रत्येक दिन आफूले सक्ने जती व्ययाम गर्नुपर्छ । तनाव व्यवस्थापन अति जरुरी हुन्छ ।

रगतको प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि शारीरिक नियन्त्रण र खानाको समयलाई ध्यान दिन आवश्यक छ ।

–यो सामाग्री पोषणविद् मिरा शाहसँग गरिएको कुराकानीका आधारमा तयार गरिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १७:५५   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।