काठमाडाैं । नेपाल तरुण दल केन्द्रीय समितिले सहकारी पीडितको पक्षमा र सहकारी ठगीको विरुद्धमा बृहत् र्यालीमार्फत सरकारलाई सहकारीकाे पैसा अपचलनबारे छानबिन गर्न दवाव दिएकाे छ ।
र्यालीलाइ सम्बोधन गर्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले रास्वपा अध्यक्ष रवी लामिछाने, गृहमन्त्री रवी लामिछाने र जिवी राइको पार्टनर रवी लामिछाने एउटै मान्छे भए/नभएको एकीन हुनुपर्ने बताए ।
उनले तीनै जना मान्छे एउटै भए तत्काल छानविन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड “लाई आग्रह गरे । बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेका व्यक्तिहरुको बिचल्ली बनाएर रवि लामिछाने सत्ताको आनन्दमा रमाएको आराेप लगाउँदै गुरुङले छानबिन समिति अनिवार्य भएकाे बताए।
‘चितवनको उपचुनावमा विदेश गएकाका युवाहरुलाइ स्वदेशमा फर्काउन तपाईँले पहल गर्ने बताउँदा मलाई खुशी महसूस भएको तर आज तपाईले ती विदेश गएका युवाहरुलाई पनि रुवाउनुभयो’, अध्यक्ष विद्वान गुरुङले भने । छानविन समिति बन्ने विश्वास आफूलाइ रहेको बताउँदै गुरुङले आफूहरूकाे र्याली सांकेतिक विरोध भएको बताए । तत्काल सहकारी पीडितको पक्षमा निर्णय नलिए तरुण दलले ठूलाे बिराेध गर्ने अध्यक्ष गुरुङकाे भनाई थियाे।
अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवा प्रती पनि असन्तुष्टि जनाए । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले पेशाप्रति उनीहरूकाे मनोबल कमजाेर हुने गुरूङकाे भनाई थियाे । उनले सहकारीकाे विषयमा छानविन समिति नबने तरुण दलले संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने गुरुङकाे भनाई थियाे ।




















प्रतिक्रिया