Logo

अन्तर्राष्ट्रिय

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार, आक्रमणकारी पक्राउ



काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिदै गर्दा गोली चलाइएको बताइएको छ ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको

 

प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार  ७ : ३९ बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।