Logo

प्रमुख समाचार

डा. गोविन्द केसीले तोडे अनसन



काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । वैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा बिहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।