Logo

अर्थ

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजपश्चात कम्पनीको सेयरमूल्य ६६१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, नेप्सेमा कम्पनीको सेयर प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधारमा मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा नवौँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १०:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।