Logo

अर्थ

नेशनल लाईफको अवार्ड कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले इटहरीस्थित होटल सोल्टी वेस्टेण्डमा अवार्ड कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी सुरु भएको सो कार्यक्रममा अभिकर्ताहरुलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरु प्रभावकारी हुने बताए ।

समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनौट हुन सफल भएको बताए ।

नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरुबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहित केन्द्रिय कार्यालयका प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  १२ : ०० बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।