काठमाडाैं । पिसिओडी अर्थात ‘पोलिस्टिक ओभरियन डिजिज ।’ यसलाई मेडिकल भाषामा ‘पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम’ (पिसिओडी) भनिन्छ ।
महिलाहरुमा सेक्स हार्मोनको असन्तुलनको कारण अण्डाशयमा सानो–सानो गाँठ या सिस्ट बन्न जान्छ । सिस्टको आकार सानोमा केराउको जस्तो र ठूलोमा सुन्तला जस्तो हुन्छ । जसकारण महिलाको मासिक धर्मको साथै प्रजनन क्षमतामा पनि यसको असर पर्दछ, जसलाई पिसिओडी भन्ने गरिन्छ।
पिसिओडी १५ देखि ४९ वर्षका महिलाहरुमा सबैभन्दा धेरै देखिने ग्रन्थी सम्बन्धी समस्या हो । धेरैको बुझाइमा पिसिओडी भएका महिलाहरुले गर्भधारण गर्न सक्दैनन् भन्ने बुझाइ रहेको छ । पिसिओडी भएका महिलाहरुले गर्भधारण गर्न सक्दैनन् भन्ने बुझाइ गलत रहेको छ ।
पिसिओडी भएका महिलाहरुले गर्भधारण गर्न सक्छन्। तर अरु सामान्य महिलाहरुमा भन्दा पिसिओडीको समस्या भोगिरहेका महिलाहरुको केसमा थोरै जटिलता भने हुनसक्छ । जसले गर्दा महिनावारीमा गडबडी भने आउने हुन्छ ।
पिसिओडी हुदाँ कस्ता लक्षणहरु देखिन्छन् त ?
महिनावारी गड्बड हुनु ।
शरीर मोटाउनु या तौल बढ्नु ।
डिम्बाशयमा थुप्रै पानीका फोकाहरु देखिनु ।
टाउकोको कपाल झर्नु ,अनावश्यक ठाउँहरूमा कपाल आउनु ।
बाँझोपनकाे समस्या हुनु ।
पिसिओडी के कारणले हुन्छ ?
पिसिओडी यही कारणले हुन्छ भनेर एकिनका साथ अहिलेसम्म भन्न सकिएको छैन । तर केही कारणहरु भने देखापरेका छन् । जसमा पारिवारीक समस्याले चिन्तित हुने हुन्छ ।
यो वंशानुगत पनि हुनसक्छ । यसमा अझैपनि अध्ययन भइरहेको हुँदा कारण यहि मात्र हो भनी भन्न सकिने अवस्था छैन ।
पिडिओडीले निम्त्याउने समस्या के के हुन् ?
मानसिक स्वास्थ्यमा समस्या आउनु ।
बाँझोपन र गर्भपतन हुनु ।
पाठेघरको भित्रितहको क्यान्सर हुनु ।
डायविटिज हुनु ।
उच्चरक्तचाप हुनु ।
रगतमा चिल्लो पदार्थको मात्रा बढी हुनु ।
पिसिओडीको उपचार निर्मूल हुन्छ ?
‘यसको उपचार हुन्छ तर, यो समस्या निर्मूल भने हुँदैन ।महिलाहरु अस्पतालमा आउँदा उसका लक्षणहरु हेरेर उपचार गरिन्छ । यसमा सबै महिलामा उही लक्षहरु हुन नै भन्ने हुँदैन ।’
पिसिओडीको समस्या आउन नदिन के गर्ने ?
स्वस्थ खानपानको बानी बसाउनु पर्छ । बजारको खानेकुरा नखाने र प्लास्टिकको भाडोमा खानेकुरा नखाने गर्नुपर्छ । साथै उचाइ अनुसारको तौल राख्नुपर्छ । हरेक दिन आधा घण्टा जति व्यायम गर्नुपर्छ । यी सबै कुरामा ध्यान दिए पिसिओडीबाट बच्न सकिन्छ ।
-याे सामाग्री स्त्री तथा प्रसूति राेग विशेषज्ञ प्रियंका त्रिपाठीसँग गरिएकाे कुराकानीका आधारमा तयार पारिएकाे हाे ।
प्रतिक्रिया