Logo

अर्थ

सन नेपाल लाइफको ७औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७औं वार्षिक सााधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज अमृतभोग केटरर्स प्रालि कालिकास्थान, काठमाण्डौ सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिएको छ ।

सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्रद जारी गर्ने र बोनस र हकप्रद पश्चात अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत भएको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण गरिएको छ ।

यस्तै सभाबाट सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार  ५ : ३५ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।