Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही अनुसार कम्पनीको निजगढ शाखाले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको निजगड शाखाले आफ्नो क्षेत्रका अभिकर्ताहरुलाई बजारमा व्यवसाय गर्नको लागि थप सहज होस् भन्ने उदेश्यले बुक र आवश्यक सामाग्रि पनि वितरण गरेको छ ।

अभिकर्ताहरुलाई आवश्यक तालिमा प्रदान गर्दै निजगड शाखा प्रबन्धक अमृता कुमारी बस्नेतले अभिकर्ताहरुलाई थप प्रोत्साहन प्रदान गरीन् । शाखा कार्यालयको उक्त कार्यले अभिकर्ताहरुलाई व्यवसायमा थप प्रोत्साहन मिल्ने कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:२३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।