Logo

समाचार

अनुहारको चमक बढाउन के खाने?



काठमाडाै‌ं । आफ्नो अनुहारको छाला सधैँ चम्किलो र सफा भइरहोस् भन्ने कसले चाहँदैन र ? अनुहारको छाला राम्रो बनाउन हामीले अनुहारमा लगाउने विभिन्न किसिमका क्रिमहरू किन्छौँ । के अनुहारको छाला राम्रो बनाउन क्रिम लगाएर मात्रै पुग्छ त ?

भनिन्छ– बाहिरी छाला भित्री अङ्गको ऐना हो । हामीले अनुहारमा क्रिम लगाएर मात्रै हुँदैन । छालालाई भित्रैदेखि राम्रो बनाउन त हामीले दिनहुँ खाइरहने आहारमा ध्यान दिन आवश्यक छ ।

जबसम्म हामी आफ्नो आहारमा के खाने, के नखाने भनेर ध्यान दिँदैनाैं तबसम्म हाम्रो अनुहारमा जति नै महङ्गो क्रिमको प्रयोग गरेपनि अनुहारको छाला राम्रो बनाउन सक्दैनौँ । त्यसैले अनुहारको छाला राम्रो बनाउन हामीले हाम्रो आहारमा ध्यान दिन आवश्यक छ ।
हामीले खाने खानेकुराले हाम्रो शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरू प्रदान गर्दछ, जसले छालाको चमक बढाउँछ ।

सामान्यतया अनुहारको छालाको लागि खानामा एन्टिअक्सिडेन्ट भएको खाना राम्रो हुन्छ । खासगरी भिटामिन–सीयुक्त खाना जस्तै सुन्तला, कागती अमला र भिटामीन–ए भएको पाकेको फर्र्सी, गाजर, हरियो सागपात खान आवश्यक छ । जुन प्रायः खाइ नै रहेका पनि हुन्छौं । तर यतिले मात्रै पुग्दैन । त्यसैले आज हामीले के खाने, के नखाने भन्नेबारे जानकारी दिँदैछौं ।

आज भोली धेरैले बियर पिउँदा अनुहार राम्रो गर्छ, अनुहारमा चमक ल्याउँछ भनी छालाकै लागि बियर पिउने पनि गरेका छन् । तर यो छालाको लागि लामो समयसम्मको लागि त्यति उपयुुक्त मानिँदैन । बियरमा एन्टिअक्सिडेन्ट्स हुन्छ, जसले स्किनमा केही भएपनि चमक त ल्याउला तर पछि गएर अल्कोहलिक ड्रिंक्स र धुम्रपानले गर्दा छालामा छिटो चाउरीपना देखिन्छ ।

के खाने त ?

१) एन्टिअक्सिडेन्ट खानेकुरा– एन्टिअक्सिडेन्टहरूले छालालाई फ्रि रेडिकल र वातावरणीय कारणबाट हुने क्षतिबाट जोगाउन सहयोग गर्छ । जसले गर्दा हाम्रो छालाको रङ्ग चम्किलो हुन्छ ।

२) स्ट्रबेरी– भिटामिन(सी जस्ता एन्टिअक्सिडेन्टहरू प्रशस्त हुन्छन्, जसले कोलाजेन उत्पादन र छालाको मर्मतमा सहयोग गर्ने गर्छ ।

३) डार्क चकलेट– यसमा फ्लेभोनोइड्स हुन्छ, जसले छालाको बनावट र हाइड्रेसन सुधार गर्छ । र, छालाको चमक बढाउन सहयोग गर्छ ।

४) ग्रीन टी– यसमा पोलिफेनोल उच्च मात्रामा हुन्छ, जसले गर्दा छालालाई घामबाट हुने क्षतिबाट बचाउँछ । र, छालाको टोनमा सुधार ल्याउन सहयोग गर्छ ।

५) भिटामिन–ए– भिटामिन–एले छालाका कोषिकाको कारोबारलाई बढावा दिन्छ । ताजा र चम्किलो रङ्ग कायम राख्न मद्दत गर्दछ । पात भएका सागहरू पालक, गोभी र कोलार्ड सागले छालाको स्वास्थ्यका लागि बिटा–क्यारोटिन र अन्य आवश्यक भिटामिन दुवै प्रदान गर्दछ ।

६) भिटामिन–सीयुक्त खानेकुरा– भिटामिन–सी कोलाजेन संश्लेषणको लागि महत्त्वपूर्ण छ । यसले पिग्मेन्टेसन कम गर्न मद्दत गर्दछ । जसले छालाको टोनलाई अझ राम्रो बनाउन सहयोग गर्छ ।

७) सिट्रस फलहरू– सुन्तला, कागती र अङ्गुर भिटामिन–सीका उत्कृष्ट स्रोत हुन् । किवी पनि भिटामिन–सीको ठूलो स्रोत हो । जसले छाला मर्मतमा सहयोग गर्छ ।

८) एभोकाडो– स्वस्थ मोनोअनस्याचुरेटेड फ्याट, भिटामिन–ई र सी जुन छालाको स्वास्थ्यको लागि आवश्यक हुन्छ । बदाम, अखरोट, चिया र फ्ल्याक्ससीडले ओमेगा, फ्याटी एसिड र भिटामिन ई प्रदान गर्दछ । जसले छालाको लोच र हाइड्रेसनलाई बढावा दिन्छ र छाला राम्रो गर्छ ।

९) हाइड्रेसन– छालाको लोच र चमक कायम राख्नको लागि उचित हाइड्रेशन महत्वपूर्ण छ । पानीले समग्र हाइड्रेसनको लागि आवश्यक विषाक्त पदार्थहरू बाहिर निकाल्न र छालाको नमी कायम राख्न मद्दत गर्दछ । नरिवल पानी इलेक्ट्रोलाइट्स र खनिजहरूले छाला हाइड्रेशनमा मद्दत गर्दछ । पानीले भरपुर भएका फलफूल र तरकारीहरूमा स् कागती, तरबुज र सुन्तलाले हाइड्रेसनको स्तर कायम राख्न मद्दत गर्छ ।

१०) अन्न– अन्नले आवश्यक पोषक तत्व र फाइबर प्रदान गर्दछ । जसले स्वस्थ पाचन प्रणालीलाई कायम राख्न मद्दत गर्दछ । जुन स्पष्ट र चम्किलो छालाको लागि महत्त्वपूर्ण छ । चम्किलो छाला प्राप्त गर्न, एन्टिअक्सिडेन्ट, भिटामिन, स्वस्थ बोसो र हाइड्रेशनमा समृद्ध सन्तुलित आहारमा ध्यान दिन आवश्यक छ ।

के नखाने ?

छालाको चमक बढाउनको लागि छालालाई नकारात्मक असर पार्ने खानेकुरा र पदार्थहरूबाट बच्न आवश्यक छ ।
१) जंक फूड– उच्च कार्बोहाइड्रेट भएको खाना जस्तैस् प्रशोधित खाना खानु हुँदैन ।

२) चिनीयुक्त खानेकुरा र पेय पदार्थ– उच्च चिनीको सेवनले ग्लाइकेसन निम्त्याउँन सक्छ । जसले गर्दा छालाको बनावट बिग्रन्छ । त्यसैले चिनियुक्त खानेकुराहरू नखाँदा नै उपयुुक्त हुन्छ ।

३) आलु चिप्स– यसमा ग्लाइसेमिक इन्डेक्समा मात्र नभई अस्वस्थ्यकर बोसो पनि हुन्छ । त्यसैगरी फ्राइड र चिल्लो खानेकुराले छिद्रहरू बन्द हुनसक्छ र तेल उत्पादन बढाउँन सक्छ, जसले ब्रेकआउट र छाला सुस्त हुने समस्या निम्त्याउँन सक्छ । त्यसैले चिप्स नखाँदा नै उपयुुक्त हुन्छ ।

४) प्रशोधित र जंक फूडहरू– यी खानेकुराहरूमा प्रायः प्रिजर्भेटिभहरू र अस्वस्थ बोसोहरू हुन्छन्, जसले छाला समस्याहरू निम्त्याउँन सक्छ ।

५) रक्सी– अल्कोहलले छालालाई डिहाइड्रेट गर्छ र सूजन निम्त्याउँन सक्छ । जसको कारण छाला डल( म्गिि कपष्ल ) हुने र थकित देखिन्छ । बियर र वाइन पिउदा का छालामा रातो हुने र सुजन हुन सक्छ ।

६) उच्च सोडियमयुक्त खानेकुरा– अत्याधिक नुनको सेवनले छालालाई नीरस र थकित देखिने गरी पानी जम्ने र पफिनेस हुन सक्छ ।

७) रातो मासु– रातो मासुमा अत्याधिक मात्रामा बोसो हुने भएको कारण सुजन र छाला समस्याहरू निमत्याउँछ ।
अनुहारको छाला राम्रो बनाउन के गर्ने ?
बिहाना उठेर फेस(वाश गर्ने अनि मोइस्चराइजर र सनस्क्रिन लागानु पर्छ । राती सुत्नुभन्दा अघि सफा पानीले फेस(वाश गरेर मोइस्चराइजर लगाउनुपर्छ । बेला(बेलामा हाइड्रो फेसियल गर्दा पनि अनुहारमा चमक आउँछ ।
बजारमा पाइने कस्मेटिक्सहरूमा नियासिनमाइड भिटामिन–सी, ग्लुटाथियोन र अल्फा–अर्बुटिन कोजिक एसिड आदिले छालालाई गोरो बनाउँछस चमक दिन्छ ।

बजारमा पाइने सबै प्रोडक्ट गुणस्तरिय हुन्छन् भन्ने हुदैन । गुणस्तरीय भए पनि व्यत्ती अनुसार सबैको छाला फरक फरक हुने हुँदा एकै प्रकारको क्रिम सबैलाई उपयुक्त नहुन सक्छ। तसर्थ सबैले छालारोग बिशेषज्ञको सल्लाहबाट सही सामग्री प्रयोग गर्नु प्रभावकारी हुन्छ ।

प्राध्यापक डा.सविना भट्टराई (छाला रोग बिशेषज्ञ) सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामाग्री

प्रकाशित मिति : जेष्ठ १२, २०८१ आईतबार  ३ : ४१ बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।