Logo

अर्थ

सेयर बजारमा २२.१४ अंकको गिरावट, ४ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये २९ वटाको बढेको छ भने २१५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा आज ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा कालिञ्चोक दर्शन लिमिटेडकाे १० प्रतिशत , सिटी होटल लिमिटेडकाे ८.२४ प्रतिशत र सनराइज ब्लुचिप फण्डकाे ८.०९ प्रतिशत रहेका छन् ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आज ६.३६ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढि आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १५:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।