Logo

अर्थ

चालु आवमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको बताए ।

मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् ।

जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए । उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।