Logo

अर्थ

बजेट ठिकै छ, आर्थिक ऐन नहेरी धेरै बोल्न सकिन्न : राजेन्द्र मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बजेटबारे कृषि, पर्यटन, सूचना प्रविधि र जलश्रोतका विषयहरुलाई राम्रो स्थान दिएको बताए । बजेट कार्यान्वयनका लागि आफूहरुले सहयोग गर्ने उनले बताएका छन् ।

करका दरहरुमा भने आर्थिक ऐन नहेरी अहिले केही बोल्न नसकिने मल्लले बताएका छन् । उनले खर्चको अनुमान भन्दा पनि श्रोतको बारे गम्भीर हुनु पर्ने प्रतिक्रिया दिएका छन् । उनले चालु खर्चमा ठूलो रकम खर्च हुने गरेको भन्दै यसलाई घटाउने तर्फ सोच्नु पर्ने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।