काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यो अफर ल्याएको जनाएको हो ।
२०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने बैंकले जनाएकाे छ ।

यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम हुने र केहि हदसम्म भए पनि मद्दत पुग्ने विस्वास बैंकको छ । साथै यस योजनाबाट देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो विकासमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।




















प्रतिक्रिया