Logo

प्रमुख समाचार

मधेशमा उपेन्द्रलाई बचाउन बूढानीलकण्ठमा बैठक, सरकार ढल्न नदिने सहमति



काठमाडाैं । नेपाली कांग्रेससहित चार राजनीतिक दलले मधेशमा जसपा नेपालका सराेजकुमार यादव नेतृत्वकाे सरकार ढल्न नदिने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेकाे बैठकले मधेश सरकार ढल्न नदिने सहमति गरेकाे हाे ।

मधेश सरकार जाेगाउने बारेमा सबै नेताहरू सहमत भएकाे बैठकमा सहभागी नेकपा एसका नेता मेटमणि चाैधरीले जानकारी दिए ।

उनले नेकपा एस अहिले पनि मधेश सरकारमै रहेकाे र कांग्रेस र लाेसपाले पनि साथ दिने सहमति भएकाे बताए । बैठकमा कांग्रेस सभापति देउवासहित एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लाेसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

मधेशमा केन्द्रकै गठबन्धन अनुसार सरकार बनाउन एमाले र माओवादी केन्द्रले गरेकाे प्रयासमा एसले साथ नदिएपछि सफल हुन सकिरहेकाे छैन । मुख्यमन्त्री यादवले २३ गते विश्वासकाे मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ८ : ०७ बजे

444
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।