Logo

अर्थ

७ वाणिज्य बैंक १ विकास बैंक र एक फाइनान्स कम्पनीका सिइओविरुद्ध रास्ट्रबैंकमा उजुरी



७ वाणिज्य बैंक १ विकास बैंक र एक फाइनान्स कम्पनीका सिइओलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेपाल रास्ट्रबैंकमा उजुरी परेको छ ।
अधिवक्ता मधुकुमार चौलागाईंले यही जेठ १४ गते उनीहरू पदमा रहन अयोग्य रहेकोले पदमुक्त गरिनुपर्ने माग गर्दैउजुरी दर्ता गराएका हुन् ।

जसमा प्रभु बैंक लिमिटेडका सिइओ अशोक शेरचन, ग्लोबल आईएमइ बैंक लिमिटेडका सुमन पोखरेल, हिमालयन बैंक लिमिटेडका सिईओ अशोक राणा, नबिल बैंकका ज्ञानेन्द्र ढुङ्गाना, एनआईसी एसिया बैंकका रोशन कुमार न्यौपाने, कुमारी बैंक लिमिटेडका रामचन्द्र खनाल, प्राईम कमर्सियल बैंकका सन्जिव मानन्धर, गरिमा बिकास बैंकका सिईको गोविन्द ढकाल र रिलायन्स फाईनान्स लिमिटेडका सिईओ प्रकाश श्रेष्ठ रहेका छन् ।                                                      

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १९:५७   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।