Logo

प्रमुख समाचार

प्रचण्ड, ओली र नेपालबीच छलफल, के भयाे कुराकानी ?



काठमाडौं । सत्तारूढ तीन दलका अध्यक्षबीच सिंहदरबार भेट भएको छ । उनीहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटेर छलफल भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भएको हो ।

उनीहरूबीच शुक्रबार दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको हो । छलफलपछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रतिक्रिया दिएका छन् ।

एकीकृत समाजवादी अध्यक्ष नेपाल बुधबार अपराह्न विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए । सत्तारूढ दलका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै यसले राजनीतिक तरंग ल्याइरहेको छ ।

एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा सरकार छ तर मुख्यमन्त्रीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी छैन । कर्णाली र कोशी सरकारमा पनि एकीकृत समाजवादीलाई सहभागी नगराइएकोमा असन्तुष्टि देखिएको छ । मधेस सरकारबाट एमाले र माओवादी बाहिरिँपनि एकीकृत समाजवादी भने सरकारमै छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०६:२४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।