Logo

जनप्रतिनिधि

मेयर बालेनद्वारा मन्त्रिपरिषद्बाट स्वीकृत भएको सिंगापुर भ्रमण रद्द



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सिंगापुर भ्रमण रद्द गरेका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो ।

सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन जाने उनले स्वीकृति मागेका थिए । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको उक्त समिटमा भाग लिन जान मन्त्रिपरिषद्ले हिजोमात्रै स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:०२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।