काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसमा १.०५ प्रतिशत भने नगद लाभांशमा कर प्रयोजनका लागि रहेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रतिक्रिया