काठमाडाैं । आज भोलिको व्यस्त जीवन शैली सँगै हामीसँग कुनै बेला त खाना खाने समय पनि हुँदैन । कामको व्यस्तताले गर्दा खाना खाने समय समेत बिर्सिने हामीहरूले के खाना बिहान बेल्कै खाना बनाएर खान्छौ होला त ?
कतिले घर बाहिर बनेको खाना खान्छन् भने, कतिले घरमै पाकेको खान्छन् । हामीले सुनेका पनि छौं घर बाहिरभन्दा घरमै पाकेको खाना खानु उपयुक्त हुन्छ । तर के घरमा जति पटक हामी खाना खान खोज्छौं त्यति नै पटक हामीलाई खाना बनाउने समय हुन्छ होला र ? समय भएपनि के हामी सबै त्यति जागरिला छौँ ? पक्कै पनि हामी छैन होला !
त्यसैले हामी पकाएको खाना फ्रिजमा राख्छौँ । यसरी फ्रिजमा राखेकाे खाना हामीलाई जति बेला खान मन लाग्छ त्यति बेला तातो गरेर खान्छौं । साथै एक पटक किनेको तरकारी हामी फ्रिजमा धेरै दिनसम्म राख्छौ र चाहिएअनुसार झिकेर पकाउँछौं ।
सामान्यतया हामीले फ्रिजमा खानेकुरा राख्यौ भने खाना बिग्रिदैन भन्ने बुझेका हुन्छौं । तर के फ्रिज भित्र राख्दैमा खाना नबिग्रिने हुन्छ त ? यदी तपाईहरू यस्तो सोच्नु हुन्छ भने तपाई गलत सोच्नु हुन्छ ।
फ्रिज भित्र खाना राख्दैमा त्यो खाना जति दिनसम्म पनि ताजा, स्वास्थ्यकर भइरहन्छ भन्ने हुँदैन । किन भने फ्रिज भित्र राख्ने खानाहरूको पनि निश्चित समय हुन्छ । हामीले फ्रिजमा राखेको खाना झिक्दा त्यो खाना देख्दा त ताजा जस्तै देख्नुहुन्छ होला तर त्यो खाना स्वास्थयकर भने हुँदैन । कुनै पनि खानाको निश्चित समय हुन्छ । त्यसैले आज हामी फ्रिजमा कति समयसम्म राखेको खाना सुरक्षित स्वास्थ्यकर हुन्छ भन्नेबारे जानकारी दिनेछौं ।
फ्रिजमा खाना कति दिन राख्न मिल्छ त ?
हामीले फ्रिजमा राखेको खानामा तीन दिनपछि ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । त्यसैले लामो समयसम्म फ्रिजमा राखेको खाना हामीले खायौ भने त्यसले फूड प्वोइजनिङको जोखिमलाई बढ्छ । फ्रिजमा राखेको खानामा भएको ब्याक्टेरियाले खानाको स्वाद, गन्ध र रंग परिवर्तन आउँदैन । जसले गर्दा हामीलाई खाना सुरक्षित छ या छैन भन्ने थाहा पाउन मुस्किल हुन्छ ।
त्यसैले हामीले बिग्रिने खानालाई २ दिनसम्म मात्रै फ्रिजमा राख्नुपर्छ । नबिग्रिने खाद्यपदार्थ फलफुल र तरकारीहरू भने लामो समयसम्म प्रिजमा राख्न सकिन्छ ।
फ्रिजमा राखेको खानामा संक्रमण ?
हामीलाई फ्रिजमा सामान कसरी राख्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । यदी थाहा पाएनौ भने हामीले सुरक्षित हुन्छ भनि फ्रिजमा राखेको खानाहरूमा संक्रमणको जाखिम उच्च हुन्छ । फ्रिज भित्र काँचो खाना र पकाएको खाना एउटै ठाउँमा राख्नु हुदैँन । पकाएको खाना र नपकाएको खाना एउटै ठाउँमा राख्यौ भने पकाएको खानामा अर्को नपाकेको खानाको संक्रमण हुन्छ । एउटा खानाबाट अर्को खानामा ब्याक्टेरिया सर्न सक्ने भएकाले फरक प्रकारका खाना एकै ठाउँमा खुल्लै राख्दा फुड पोइजनिङुको जोखिम उच्च रहन्छ ।
यसरी राखौ फ्रिजमा खाना
पकाएर तयार पारिएका खाना र काँचा खानाहरू जस्तै काँचो माछामासु, आइसक्रिम, ससेज आदि फ्रिजको माथिल्लो भागमा राख्न सकिन्छ । बीच भागमा भने ताजा फलफूल, सागसब्जी, जुस, सलाद, अण्डा, पकाएका चीजहरु भात, तरकारी, अचार, मसला, केक राख्नुपर्छ । त्यसैगरी कम बिग्रिने खानेकुरालाई सबैभन्दा तल्लाे भागमा राख्नु पर्छ ।
काँचो तरकारीहरू फ्रिजमा राख्नुभन्दा पहिले राम्रो सँग सफा पानीले पखाल्नुपर्छ । धनीयालाई सफा पानीले पखालेर पेपरमा बेरेर राख्नुपर्छ । काँचो सागहरूलाई ४ दिनसम्म राख्न मिल्छ । फ्रिजमा खानाहरू राख्दा छोपेर राख्नुपर्छ । काँचो र पाकेको खाना छुट्टाछुट्टै राख्नुपर्छ ।
खानालाई छोपेर राख्नाले हानिकारक ब्याक्टेरिया र रसायनहरू खानामा पस्न पाउँदैन । दैनिक उपभोग्य चिजहरू लामो समय फ्रिजमा राख्नु परेमा त्यसलाई हप्ताको एक दिन फ्रिजबाट निकाली सफासँग पखालेर फेरी फ्रिजमा राख्न सकिन्छ । राख्दा राम्रोसँग छोपेर राख्नुपर्छ ।
फ्रिजबाट निकाल्ने बित्तिकै खानालाई तताउँनु हुँदैन । फ्रिजबाट झिकेको खानालाई केही बेर सेलाउन दिनुपर्छ । त्यसपछि मात्रै खाना तताएर खानु उपयुक्त हुन्छ ।
यो लेख पोषण विद् मिरा शाह सँगको कुराकानीमा तयार पारिएको हो ।
प्रतिक्रिया