Logo

जनप्रतिनिधि

गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ सोमबार  ४ : १० बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।