Logo

अर्थ

प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता



काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सोमबार सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने परियोजनाका लागि उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुले प्रभु बैंकको शाखा कार्यालयबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता तथा व्यवसायिक साक्षरता सहज रुपमा पाउने छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १२:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।