Logo

समाचार

सरकारले स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छ : तोसिमा कार्की



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् ।

सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन् । कार्कीले भनिन्, ‘स्वस्थ्य क्षेत्रमा आम नागरिकको पहुँचका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ ।’

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार  ४ : ४५ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।