Logo

अर्थ

हिमालयन रिले पायो भारतीय जीआईसी रिको ट्रिटीमा हिस्सा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी’ हिस्सा पाएको छ । कम्पनीले विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीलाई यो अर्को सफलता हो । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

‘एकपछि अर्काे उपलब्धि हासिल हुने क्रममा जीआइसी रिले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  १ : ४४ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।