Logo

अर्थ

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशनको विशेष प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरू हुनेछ । सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै आईपीओ निष्काशन सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ सोमबार  ११ : ३९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।