काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हाे ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सीजीले क्यानसँग ६० लाख रुपैयाँ दिने प्रतिवद्धतामा हस्ताक्षर गरेकाे छ । सम्मेलनमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीइओ प्रदिप पुडासैनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

विगत दुई दशकदेखि क्रिकेट विकासमा सहयोग गर्दै आएको सीजीको वाइवाइ चाउचाउमार्फत यसपटक अण्डर १९ महिला टिमकाे क्रिकेट विकासमा सहयाेग गर्ने जनाएकाे हाे । …वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’का साथ चाैधरी ग्रुपले क्यानलाई ६० लाख रुपैयाँ सघाउने घोषणा गरेको हो ।
वाइवाइले महिला यू–१९ क्रिकेट टिमकाे विकासका लागि ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैंयाँ सहयाेगकाे घोषणा गरेको हो ।

सीजीले टी–२० विश्वकप खेलिरहेको नेपाली टिमका खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार घोषणा गरेको छ ।
जसमा सुपर आठमा पुगे ३० लाख पुरस्कार दिने जनाएकाे छ । त्यस्तै प्रत्येक रन बापत एक हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार, प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतकको ५० हजार, प्रत्येक शतकको एक लाख र नेपाली टिमको प्रत्येक जितमा डेढ लाख रुपैयाँ दिने घोषणा चाैधरी ग्रुपले गरेको छ ।





















प्रतिक्रिया