Logo

अर्थ

१० महिनामा वाणिज्य बैंकले कमाए ४८ अर्बमाथि नाफा, नबिलकाे मात्रै साढे ५ अर्ब



काठमाडौं । वाणिज्य बैंकले १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले उक्त नाफा कमाएका हुन् ।

२० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएकाे छ । सबैभन्दा कम नेपाल बैंकले ५९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाउन सकेको हो ।

धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले १० महिनामा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ ।

साथै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । यसअवधिमा यी ४ बाहेक ८ बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा धेरै छ । ७ बैंकको नाफा १ अर्बभन्दा माथि छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १३:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।